हावाहुरीबाट मृत्यु भएकाको सम्झनामा पूजा

0
Shares

हेटांैडा ।
चैत १७ गते बारा र पर्सामा आएको आँधीबाट मृत्यु भएकाको सम्झना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बिहीबार हेटौंडामा बौद्धधर्म विधिअनुसार म्हाणीमोलम पूजापाठ गरिएको छ ।

नेपाल तामाङ घेदुङ हेटौंडा–१५ र मकवानपुर म्हाणीमोलम संघको संयुक्त आयोजनामा बिहीबार थुछेम्या म्हाणीमोलम पूजापाठ भएको हो । आँधीबाट अकालमा निधन हुनेलाई मुक्ति प्राप्त होस् र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै टासी छेपाल गुम्बामा पूजापाठ गरिएको थियो ।

पूजापाठ नेपाल तामाङ घेदुङ हेटौंडा–१५ अध्यक्ष दोर्जे लामा र मकवानपुर म्हाणिमोलम संघ संयोजक बिमला वाइबाको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सदस्य सुनिल मोक्तान, मकवानपुर अध्यक्ष लीलाकुमार घलान, टोल विकास समिति जिल्ला समन्वय सदस्य हर्क लामा, टासी छेपाल गुम्बा प्रमुख लामा पञ्चाङ्बहादुर लो, कर्साङ लो, अध्यक्ष जयबहादुर तितुङलगायत लामा, महिला र म्हाणीपाको सहभागिता थियो ।