नयाँ वर्षको अवसरमा शुक्रबार नेकपाले चियापान गर्ने

0
Shares

काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नयाँ वर्ष २०७६ को अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । धुम्बराहीस्थित मुनलाइट पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो ।

काठमाडौं क्षेत्र नं. ५ को नेकपाले कार्यक्रमको खर्च व्यवस्थापन गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, पूर्वमन्त्रीलगायत उपस्थित हुनेछन् ।

उक्त चियापान कार्यक्रममा १० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।