एकै पटक तीन बच्चाको जन्म, दुईको मृत्यू, एक भेन्टिलेशनमा

0
Shares

महेश सिह महतो, लहान ।
सिरहामा एक महिलाले तीन सन्तान जन्माएकी छन् । तीन सन्तान जनमाउनेमा सप्तरी खडक नगरपालिका २ को २७ वर्षीया श्याम कुमारी सदाय रहेकी छन् । उनले बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ ।सुत्केरी व्यथा लागेपछि उनलाई सिरहाको लहान स्थित रहेको कामना नर्सिङ होममा लगिएको थियो ।

एक नवजात शिशुलाई भेन्टिलेशनमा राखिएको प्रहरीले जनाएका छन। सदायको घरमा ३ र २ वर्षका दुई छोरी छन् ।सप्तरीक‍ो कडरबोना स्वास्थ्य चौकीमा उनले नियमित स्वास्थ्य परिक्षक गर्दै आइरहेकी थिइन् ।