बैशाख २ मा बुद्धकृष्णले साताैँ पटक जिब्रो छेड्ने

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
आगामी बैशाख २ गते मध्यपुरथिमि नगरपालिका ८ बोडेमा मनाईने जिब्रो छेड्ने जात्रामा यसवर्ष स्थानीय ४७ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने भएका छन् । श्रेष्ठले बिहीबार पत्रकारलाई यसबारे जानकारी दिदै बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयारी गरेको बताउनु भएको हो ।

जात्रालाई लोप हुनबाट जोगाउन बुद्धकृष्णले यसवर्ष समेत गरी सातौ पटक जिब्रो छेड्ने भएको बताउनुभयो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर २ गते मध्यान्हमा कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन अरु तयार नभए पछि आफैंले जिब्रो छेड्न तयारी गरेको बताउनु भएको हो । यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेड्नु भयो भने पछिल्ला २ वर्ष पनि पुन ः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष सातौ पटक जिब्रो छेड्ने भएको बताउनुभयो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर २ गते मध्यान्हमा कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।यसवर्ष पनि आफूले जिब्रो छेड्ने बताउँदै उहाँले
२०६२ साल अगाडि उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर यो परम्परा जोगाउनु भएको थियो ।

जुजुभाईले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण वागश्रेष्ठले र १२ वर्ष उहाँका दाजू कृष्णचन्द्र बागश्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु भएको थियो ।

हरेकवर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी भैरब मन्दिर प्राङ्गणमा लिङ्गा्े उठाएपछि बैशाख २ गते १२ बजदेखि १ बजेको बिचमा हजारौ मानिसको अगाडि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुमाउने गरिन्छ । करिब १ घण्टा पछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबाँया ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहदै आएको छ ।

मध्यपुर थिमि नगरपालिकाले यसवर्ष कम्तिमा एक लाख २५ हजार रुपैया सहयोग गर्ने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।जात्रा ब्यबस्थापनका लागि अक्षयकोष नै खडा गर्ने नगरपालिकाले तयारी गरेको उहाँको भनाई थियो ।बोडेको नीलबाराहीसंग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिनसके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहदै आएको छ ।