पूर्वराजाको सुरक्षा गाडिको ठक्करबाट एक जनाको मृत्यु

0
Shares

सरोज यादव, विराटनगर ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । शाहको सुरक्षामा खटिएको जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन ।

पूर्वराजाको सुरक्षाकर्मीको बा ३ च ७९६२ नम्बरको जीपले को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा बुधबार राति उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ८ का २२ वर्षीय हेम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । दुर्घटनामा घाईते इटहरीकै २१ वर्षीय प्रकाश चौधरीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।