हेटौंडा सिमेन्ट उद्योगका वरिष्ठ अधिकृतविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका वरिष्ठ अधिकृत जितेन्द्रराज पाठकविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । पाठकले बिहार विद्यालय परीक्षा समिति, पटना, भारतअन्तर्गतको उद्धे नारायण शर्मा, सर्यु कुवर राधा बल्लव पीडी. सिंह कलेजबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि सो ठाउँमा कार्यरत रहेको र बढुवा समेत हुन लागेकाले आयोगले मुद्दा दायर गरेको हो । उनले बढुवा प्रयोजनको लागि आइ.ए. तहको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश सो ठाउँमा कार्यरत रहेका थिए ।
पाठकलाई कानून बमोजिमको सजाय माग गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।