पार्टी परित्याग गरेको घोषणा पश्चात विप्लवका नेता रिहा

0
Shares

सरिता चलाउने, सल्यान ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सल्यान जिल्ला सदस्य भीम बहादुर वलीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । २४ वर्षिय वलीले बिहिबार पत्रकार सम्मेलन गरी आजकै मितिदेखि पार्टीको साधारण सदस्य नरहेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन । पार्टी परित्यागको घोषणा गरे लगत्तै विगत २२ दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा बस्दै आएका वली १० हजार धरौटीमा रिहा भएका छन् ।

चैत ९ गते बागचौर नगरपालिका वडा न २ बागचौरबाट गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका थिए । वलीले आउदा दिनहरुमा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न नहुने बताउनु भएको छ । आर्थिक अवस्था, पारिवारिक तनावका कारण आफुले पार्टी परित्याग गरेको उहाँको भनाई छ ।

यसअघि विप्लव नेतृत्व नेकपाका सदस्य खुम बहादुर केसी एक लाख धरौटीमा छुटेका थिए । हिरासतमा अझै ३ जना विप्लव नेतृत्वका कार्यकर्ता रहेका छन् । उनीहरुलाई सार्वजनिक मुद्या लागेको र अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख पञ्चलाल गोलेले बताउनु भएको छ ।