गाउँपालिकाले निर्माण गर्यो आफ्नै स्थानीय पाठ्यक्रम

14
Shares

सल्यान ।
सल्यानको त्रिवेणाी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निमार्ण गरेको छ । मेरो त्रिवेणी नामक स्थानीय पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने गरी निमाण गरेको हो ।

विद्यालय स्तरको पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर शिक्षालाई अझँ जीवनसँग जोड्ने प्रयोजनका साथ नयाँ शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम सञ्चालनमा ल्याउन थालेको त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनु भएको छ । उहाँले भन्नु भयो ‘स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्राय र गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यक्रम निमार्ण गरिएको हो ।’

राष्टिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ कक्षासम्मको लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ । आधरभुत तहका विद्यार्थीहरुलाई आफु जन्नको बसेको परिवेशबारे जानकारी मात्र नदिई स्थानीय तहका सांस्कृतिक ऐतिहासिक र आर्थिक विशेषतासमेतको जर्गेना गर्ने लक्ष्य राखिएको डाँगीले बताउनु भयो । उहाँले भन्नु भयोे ‘स्थानीय पाठ्यक्रम निमार्णकै क्रममा स्थानीय तहले आफ्नो विशेषता सहितको अध्ययन र अनुसन्धान गर्दा धेरै छायाँमा परेका र छोपिएका विषयबस्तुलाई सतहमा ल्याई संरक्षण गर्ने छ ।’
त्रिवेणी गाउँपालिका भित्र रहेका २९ सामुदायिक विद्यालय र ७ निजि विद्यालयमा मेरो त्रिवेणी नामक पुस्तक अध्ययन अध्यापनमा आउने प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले बताउनु भयो ।
स्थानीय सरकारले पाठ्यक्रम सञ्चालन गर्न लागेको यो जिल्लाकै पहिलो पटक हो ।