बिस्केट जात्रामा भैरबनाथको रथ बिग्रियो !

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको प्रसिद्ध विस्केट जात्रा अन्तर्गत पहिलो दिन भैरवनाथको रथ तान्ने क्रममा विग्रिएको छ । बिहीबार पहिलो दिन टौमढीबाट तानेर जात्रा संचालन गर्ने क्रममा भैरवनाथको रथ स्थानीयहरुको घरमा ठोकिएर बिग्रीएको हो । रथको पहिलो तल्ला र दोस्रो तल्लाको छाना पुर्ण क्षति भएको र तेस्रो तल्लामा आंसिक क्षति पुगेको गुठी संस्थान भक्तपुका प्रमुख हरि प्रसाद सुवेदीले बताउनुभयो ।

पहिलो दिनको जात्रा समापन गर्न गः हिटी टोलमा पुर्याउन पर्ने रथ आज विहान मात्रै दत्तात्रयबाट गः हिटी टोलमा पुर्याईएको छ ।सुवेदीले रथका क्षतिको विवरण आइसकेको र रथको मर्मत सुरु गरिएको प्रमुख सुवेदीको भनाई छ । चैतको ३० गते साँझ लिङ्गो उभ्याउन रथ लाई योसिंखेलमा पुर्याउन पर्ने प्रचलन छ ।

रथ मर्मतको लागि पचास हजार रुपैया खर्च लाग्ने अनुमान गुठी सस्थान प्रमुखको सुवेदी वताउनुभयो ।विस्केट जात्राको रथ निमार्ण र लिंगो ल्याउन तथा डोरी ल्याउन मात्रै २० लाख रुपैया वजेट विनियोजन भएको छ । रथ मर्मतको लागि पनि सोहि वजेट प्रयोग हुने उहाँले बताउनुभयो ।