स्थानीय तहका जनप्रतिनिधि अख्तियारको निगरानीमा

0
Shares

पर्वत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. साबित्री थापा गुरुङ्गले स्थानिय तहमा ब्यापक मात्रामा अनियमितता र भ्रष्टचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधीहरुका काम काबार्ही बारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराले पर्वतमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै आयुक्त गुरुङ्गले अख्तियारले जनप्रतिनिधी र स्थानिय तहमा भैरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै बेला पनि काबार्ही हुन सक्ने बताउनुभएको हो ।

‘जनप्रतिनिधीले ब्यबहारिकता बुझेर होइन, बिद्यी हेरेर काम गर्नुस’ उहाँले भन्नुभयो ‘बिधी उल्लघन भएमा जुनसुकै अबस्थामा पनि काबार्हीको भागिदार बन्नुहुनेछ’ स्थानिय तहमा जथाभावी नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रबृति बढेको भन्दै प्रचलित कानुनले बर्जित गरेका काम गर्ने जनप्रतिनिधीहरु भ्रष्टचारको अभियोगमा पर्ने खतरा रहेको छ भन्नुभयो ।

उहाँले उपभोक्ता समितिमा आफन्तलाई राख्ने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन बढेको र जनप्रतिनिधीकै संलग्नतामा प्राकृतिक स्रोत साधनको दोहन भैरहेको उजुरी सबैभन्दा बढी अख्तियारमा परेका कारण यस्ता काम रोक्न अथवा काबार्हीका लागि तयार हुनुपर्ने धारणा उहाँको थियो । ‘हामीले पद र पैसाको पहुँचमा परेर कुनै काम गर्दैनौ’ उहाँले भन्नुभयो ‘आफ्नै आयुक्त माथि पनि अनुसन्धान गरेर अभियोगन गरेका छौै भने कसैलाई छाड्ने कुरा हुँदैन ।’

जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानिय तहले कानुन अनुसार काम नगर्ने र अरुलाई दोष दिने प्रबृत्ति बढेको भन्दै प्रचलित कानुको बर्खिलापमा जाने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । नदीजन्य पर्दाथ उत्थनन र बिक्री गर्ने कुरा सधै बिबादमा आएको बताउँदै वातावरणीय प्रभाब मुल्याँकनको प्रतिबेदन अनुसार घाटगद्दी गरेर बिक्री गरेमा कुनै समस्या आउँदैन भन्नुभयो ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराका प्रमुख काशीराज दहालले जनप्रतिनिधीले ब्यबसाय गर्ने छुट भएपनि आफ्नो स्थानिय तहबाट प्रत्यक्ष लाभ लिने गरि ब्यबसाय गर्दा अख्तियारको दुरुपयोग र गलत मनसाय देखिने भएकाले सचेत हुन आग्रह गर्नुभयो । ‘ब्यबसाय गर्नुस, कसैलाई रोकावट छैन तर डोजर आफ्नै, तारजाली आफ्नै, सिमेन्ट आफ्नै प्रयोग गर्ने गरि काम गर्नुस’ उहाँले भन्नुभयो ‘प्रतिष्पर्धामा दिनुपर्ने काम आफन्त र आफैलाई पार्ने कुरा अख्तियारको दुरुपयोग हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सुशासन कायम गर्ने कुरामा कार्यालय प्रमुख र स्थानिय तहका कर्मचारीले सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा सञ्चारकर्मीहरुले स्थानिय तह र सरकारी कार्यालयहरुमा अनियमितता बढेको बताएका थिए भने कतिपय जनप्रतिनिधीले सामान्य काम गर्दा पनि अनेक बहानामा रोक्ने काम गर्दा अधिकार हनन भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।