“प्रदेश- ५ को नामाकरण र राजधानी ७६ सालमा टुंगिन्छ”

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश नं ५ का भौतिक पुर्वधार तथा विकास मन्त्री बैजनाथ चौधरीले ०७६ सालमै प्रदेशको नामाकरण र राजधानीको विषय अन्त्य हुने बताउनुभएको छ । राजधानी र नामाकरणका लागि गठित समितिले अन्तिम प्रतिबेदन तयार पार्न लागेको बताउँदै अबको सभामा उक्त विषयले प्रबेश पाउने बताउनुभयो ।

विहिवार रुपन्देही व्यापार संघले आयोजना गरेको नव बर्षको उपलब्यमा शुभकामना आद्रान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले समितिले १२ जिल्लामा गएर ल्याएको सुझावका आधारका सभामा राजधानीको विषय टुंगिने बताउनुभयो । राजधानीका विषयमा मुख्यमन्त्रीले बाहिर नबोल्न भनेपनि आफ्नो अभिमत बुटवलमा भएको उहाँले प्रष्ट पार्नुभयो ।

सडक परिसरलाई प्रदेशको मुख्यालय बनाउने भनेपनि नामाकरण र राजधानीको टुंगो लगाउँदा सम्म जग्गा प्राप्ती नभएको भन्दै नामाकरण र राजधानी जसरी पनि टुंगाउनुपर्ने उहाले बताउनुभयो ।

प्रदेश सरकारका प्रबक्ता समेत रहनु भएका मन्त्री चौधरीले फरक प्रसंगमा तराईका उद्योगी व्यवसायीले अब पहाडमा लगानीका क्षेत्र खोज्ने दिन आएको बताउनुभयो । समृद्धिका प्रमुख आधार कृषि, पर्यटन उद्योग रहेको भन्दै अब लगानी पहाडमा गएर गर्नुपर्ने उहाले बताउनुभयो ।

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आउने पर्यटकलाई राख्न समेत उद्योगीले विभिन्न पर्यटनमुलक व्यवसायलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो । उहाँले प्रदेश सरकारले आवधिक योजना बनाइसकेको भन्दै निजी क्षेत्रको लगानी प्रदेश सरकारले ठुलो अपेक्षा गरेको उहाले बताउनुभयो । ११ खर्ब ९८ अर्ब रुपैयाको आवधिक योजना निर्माण भएको र सो योजनामा ७ सय ५० अर्ब निजी क्षेत्रले गर्नुपर्ने उहाँले बताउनुभयो ।