ओलम्पिक टर्च शनिवार हेटौंडामा

0
Shares

हेटौंडा ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भ पारेर नेपालका ओलम्पियनहरु ओलम्पिक टर्च (दीप प्रज्ज्वलन) सहित चैत ३० गते ३ नम्बर प्रदेशको राजधानी हेटौंडा आउने भएका छन् ।

उनीहरुको स्वागत तथा सम्मानका लागि उक्त दिन विहान ७ः३० बजे हेटांैडाको बुद्धचोकमा उपस्थित हुन जिल्ला खेलकुद विकास समिति मकवानपुरले खेलाडी र खेलप्रेमीमा आग्रह गरेको छ ।

जिखेविस अध्यक्ष माधव तिमल्सिनाका अनुसार ओलम्पिक टर्च परिक्रमामा ५ ओलम्पियन खेलाडी रहने छन् । प्रदेश–५ मा हुने आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च सात वटै प्रदेशको परिक्रमा गराइने भएको हो ।

सातै प्रदेशको परिक्रमापछि ओलम्पिक टर्च वैशाख ४ गते नेपालगञ्ज पु¥याइने छ । प्रतियोगिताको उद्घाटन वैशाख ५ गते नेपालगञ्ज रंगशालामा हुनेछ । उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।