सांसदसहित सिआइबीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

0
Shares

काठमाडौँ ।
प्रहरीले सामाजिक सञ्जालका साथै मोबाईल मेसेज र फोनमार्फत धक्की दिई रकम माग गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलकदाश पराजुली र प्रदिप रोकाया रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, को टालीले हुम्ला सर्केगाड– ७ का १९ वर्षीय प्रदिप रोकायालाई चैत १२ गते टोखाबाट र झापा कचनकवल– ३ पथरियाका २९ वर्षीय तिलकदाश पराजुली चैत २५ गते बालाजुबाट पक्राउ गरेको हो ।

उनीहरुले उनीहरुले झापाबाट निर्वाचित प्रतिनिधि सांसद राजेन्द्र लिङ्देन र सि.आई.बि.सहित विभिन्न मानिहरुलाई धम्की दिएका थिए । उनीहरुले ह्वाट्सएप मेसेज, मोबाईल मेसेज र फोनसमेत गरि रकम माग गर्ने गरेका थिए । अनुसन्धानका क्रममा उनीहरुले माग गरेको रकम नदिएमा गोप्य भिडियो बनाई वेईज्जत गरिदिने र ज्यान मार्ने धम्कीसमेत दिँदै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरुले धम्की दिने बेलामा स्पष्ट नेपाली र हिन्दी भाषा नबोली मिश्रित भाषा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

धम्की दिन प्रयो गरेको उनीहरुको उक्त सिमकार्ड चैत २ गते डीजे ईन्टरनेशनल सामाखुशिबाट लिएका थिए । उक्त डीजे ईन्टरनेशनलले सो सिम परि पक्राउ गरेका पराजुलीलाई दिएको अनुसन्धानमा खुल्न आएको छ ।

पराजुलीले आफ्नो नाम लुकाउनलाई शुरुमा भारतीय मोबाईल सिम नम्बर देखाउने ह्वाट्सएप एकाउण्टबाट मेसेज गर्ने गरेको र पछि नेपाल आएर मात्रै फोन गरेको भन्ने गरेका थिए । उक्त सिमकार्ड भने पक्राउ परेका प्रदिपको नाममा जारी भएको थियो ।

प्रहरीले उनीहरुको साथबाट उनीहरुले प्रयोग गरेको मोबाईल डिभाईस, भारतीय सिमकार्ड र भारतीय आधार कार्ड बरामद गरेको छ ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट हिरासतमा राख्ने आदेश लिई थप अनुसन्धान भईरहेको छ ।