लागूऔषधसहित एक युवक पक्राउ

0
Shares

भद्रपुर ।
लागूऔषध सहित एक युवकलाइ वडा प्रहरी कार्यालय भद्रपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका ५ का २२ बर्षीय वीरधन तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर ५ स्थित बसपार्कबाट शङ्कास्पद अवस्थामा हिडिरहेका तामाङ्लाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० बरामद गरेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका तामाङ्लाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको उनले जनाए ।