सबैको पहुँचमा सुलभ स्वास्थ्य सेवा विस्तार हुँदैछः मन्त्री यादव

0
Shares

रामधन राई, खोटाङ ।
उपप्रधान एबं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने गरी सरकारले नीति तयार पारिसकेकोे बताउनुभयो । बुधबार खोटाङको दिक्तेलमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले नागरिकलाई आर्थिक अभावका कारण उपचारबाट बञ्चित नहुने वाताबरण निर्माणमा सरकार लागेको बताउनुभएको हो ।

गरिबीको रेखामुनि रहेका २८ प्रतिशत सर्वसाधारणलाई समेत सुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनका लागि सरकारले नयाँ स्वास्थ्य निती तयार पारिसकेको जनाउनुभयो । त्यसका लागि सबैको पहुँच पुग्ने, सबैले तिर्न सक्ने र गुणस्तरिय स्वास्थ्य सेवाका लागि आधारभुत स्वास्थ्य सेवा विस्तारको काम अघि बढाइसकेका मन्त्री यादवको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपप्रधान एबं स्वास्थ्य मन्त्री यादवले अधिकांश सरकारी डाक्टर शहरमा मात्र बस्न खोज्दा हरेक क्षेत्रमा समान किसिमको स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्यमा सबैको समान पहुँच विस्तारका लागि स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि बढाइएको सुनाउनुभयो । स्वास्थ्य बीमा गर्न नसक्ने नागरिकको सरकार आफैले स्वास्थ्य बीमा गरिदिने उहाँले जनाउनुभयो ।