हेमन्तप्रकाश वलीलाई सर्वोच्चद्धारा थुनामुक्त गर्न अस्वीकार

0
Shares

काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

गैरकानूनी रुपमा थुनामा राखेको भन्दै छोरी विपनाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट बुधबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको जिम्मा लिएका वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा हाजिर गराउन आदेश दिएको थियो ।