सिरहाकाे खोला किनारमा गाडेको बन्दुक बरामद

0
Shares

सुभेन्द्र दास, लहान ।
सिरहाको घुर्मी खोला किनारमा खाल्टो खनेर पुरी राखेको १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरको गस्ति टोलीले कल्याणपुर नगरपालिका २, चतरीघाट स्थित खोला किनारबाट बन्दुक बरामद गरेको हो । खाल्टोमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

बन्दुक कसले र किन खोलामा गाडेर राखेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।