बोर्डिङमा सँस्कृत विषय अनिवार्य

0
Shares

हेटौंडा ।
हेटौंडा–१० मा रहेको तुलसीमेहर आवासीय माविले आगामी शैक्षिक सत्रबाट प्राथमिक तहमा सँस्कृत विषय अनिवार्य गर्ने भएको छ ।
बुधबार हेटौंडाको न्युज क्लब नेपालमा गरिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले कक्षा–२ देखि ५ सम्म सँस्कृत अनिवार्य बनाउन लागिएको बताउनुभयो ।

सँस्कृत भाषा महत्वपूर्ण रहेको र उक्त भाषाले सम्पूर्ण साँस्कृतिक पक्षलाई समेट्ने भएकोले मकवानपुरका संस्थागत विद्यालयमध्ये सम्भवतः पहिलोपटक सँस्कृत अनिवार्य गर्न लागिको उहाँले बताउनुभयो ।

यस वर्ष विद्यालयको १ हजार २ सय विद्यार्थीमध्ये करिब ४ सय जनाले सँस्कृत विषय पढ्ने विद्यालयका प्रधानाध्यापक खरालको भनाइ छ । कार्यक्रममा प्रोफेसनल एजुकेसनल फाउण्डेसन अध्यक्ष बद्रीनाथ शर्माले सँस्कृत विषयलाई प्राथमिकता दिँदै विद्यार्थीलाई थप सँस्कारी बनाउन प्रयास थालिएको दाबी गर्नुभयो ।

सँस्कृतलाई पश्चिमा देशहरुले समेत महत्वसाथ लिन थालिसकेको भन्दै उहाँले सँस्कृत विषय निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
विद्यालयले यस वर्षदेखि कक्षा २–१० सम्म संगीत पनि अध्यापन गराउन थालेको बताइएको छ ।