एटिएम फोडी चोरी गर्ने क्रममा एक युवा पक्राउ

0
Shares

काठमाडौं ।
काठमाडौं तिनकुनेस्थित एनसिसि बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फोडी चोरी गर्ने क्रममा एक जना युवा पक्राउ गरेका छन् । पक्राउ पर्ने सोही काठमाडौँ( ३२ बस्ने रामेछापका १८ वर्षीय विशाल तामाङ रहेका छन् ।

उनलाई मंगलबार साँझ एटिएम मेसिन फुटाउन प्रयोग गर्ने हतौडा १ थान, फलामको छिनो १ थान र मार्तोल १ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।