स्कुटर चोरी गर्ने पाँच जना पक्राउ

0
Shares

काठमाडौं ।
स्कुटर चोरी कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्नेहरु सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका ६ का १९ वर्षीय सुरज थापा, रामेछाप थिरपानी गाँउपालिका(१ का १९ वर्षीय बिक्रम श्रेष्ठ, झापा भद्रपुर नगरपालिका(३ का २१ वर्षीय बिपिन गुरुङ, अर्घाखाँची सन्द्दिखर्क नगरपालिकाका १८ वर्षीय बिबेक खनाल र चितवन पुरानो पर्साका १८ वर्षीय अभिषेक बराम रहेका छन् ।

चैत १९ गते राति काठमाडौं महानगरपालिका(३१ नयाँ बानेश्वरस्थित बिकास श्रेष्ठकको घर कम्पाउण्डमा पार्किङ गरी राखेको अवस्थामा बा।७८ प १०१३ नम्बरको स्कुटर चोरी भएको घटनाको सम्बन्धमा अनुसन्धान तथा खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चैत २१ गते काठमाडौं महानगरपालिका(३१ बाट बा।५० प ७६२ नम्बरको स्कुटर चढिरहेको अवस्थामा बिबेक र अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।

सोधपुछको क्रममा गर्दा उक्त स्कुटर सुरज थापाको भनि बताएपछि खोजी गर्दै जाँदा बिकास श्रेष्ठको घर कम्पाउण्डबाट हराएको बा।७८ प १०१३ नम्बरको स्कुटर सहित सुरजलाई प्रहरीले फेला पारेको हो । सोधपुछ गर्दा बिक्रम र बिपिन समेतको संलग्नतामा उक्त स्कुटर चोरी गरी ल्याएको हो भन्ने खुल्न आएको छ । निजहरुको साथबाट हाल धनी नखुलेको बा।५४ प २६८ नम्बरको स्कुटर समेत बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।