आफ्नै दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भाई समातिए


बारा,
आफ्नै दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बकैया गाउँपालिका-२ तीन थुम्के बस्ने ४४ वर्षीय सानु लामालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका उनका दाजु ५३ वर्षीय छेगु लामा दोङलाई उपचारको लागि निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सानुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।