प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ  


काठमाडौं,

काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित डिउटीमा खटिएको प्रहरीलाई १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं सतुङगल बस्ने धादिङ घर भएका ३३ वर्षीय एकबहादुर तामाङलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बा.२ ख ६१८६ नम्बर गाडी जाँचको क्रममा महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीबाट खटिएको प्रहरीलाई चालक तामाङले उक्त नगद दिन खोजे पश्चात उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।