यात्रुलाई हैरानी, एक घण्टाको सडक पार गर्न पाँच घण्टा ,

0
Shares

नेपाल समाचारपत्र , पर्वत
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ्गमा दिनहुँ बन्द हुदा सर्वसाधरणले एक घण्टाको बाटो पार गर्न पाँच घण्टा बिताउन थालेका छन ।
सडकस्तरउन्नतीका क्रममा भारी बर्षा भएपछि हिलोमा सवारीका साधन फस्न थालेका कारण सडकको काँडेमा ५ देखि १० घण्टा सम्म सवारीका साधन रोकिन थालेका हुन । हिलोमा सवारीका साधन रोकिन थालेपछि भिभिआईपीको सवारी साधन समेत एक, दुई घण्टा जाममा बस्नुपर्ने बाध्यता छ ।

पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गबाट पोखरा हुँदै देशभरको यात्रामा निस्कने यात्रुहरु समयमा गन्तब्यमा पुग्न नसकेको गुनासो गरेका छन । कुस्माबाट बिहान ७ बजे पोखरा हिडेका बागलुङका नवीन पौडेलले दिउँसो ३ बजे मात्रै पोखरा गुनासो गर्नुभयो । ‘बिहान पोखरा गएर साँझ घर फर्कने तयारीमा थिए ।’

उहाँले भन्नुभयो ‘पोखरा पुग्दा दिननै साँझ प¥यो ।’ सर्वसाधारणले पोखरा बागलुङ सड्क खण्डमा यो समस्या दिनदिनै भोग्दै आएको बेला भीभीआईपीले पनि पोखरा बागलुङ सड्क खण्डका अप्ठ्यारा भोगेका छन, गाडी हिलोमा फसेर १० घण्टा पर्खिन नपरे पनि एक घण्टे जाममा भने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि बस्न परेको छ । उहाँको सवारी पनि सडकमा भएको हिलोका कारणी पार हुन नसक्दा एक घण्टा बाटोमै सवारी रोकेर बस्नु परेको थियो।

पोखरा–बागलुङ खण्डलाई मध्य पहाडी लोकमार्गका रुपमा स्तरोन्नतीको काम अहिले चलिरहेको छ। अलिकति मात्रै वर्षा हुँदा पनि सडक हिलाम्मे भएर सवारी त्यही हिलोमा निस्कनै नसक्ने गरी फसिने गरेका छान्। हरेक दिन लामो तथा छोटो दुरीका सवारी साधन उक्त सडकमा अड्किँदै आएका छन्। सडक निर्माणको क्रममा पूरानो पिच भत्काएर नयाँ नालीसहितको सडक निर्माण गर्ने क्रममा जम्मा पाँच सय मिटर सडकमा हिलो नहटाएका कारण समस्या आएको हो।

कास्कीको लुम्लेमा पार्ने भागमा सडक पूरै भत्काएर नयाँ बनाउन लागिएको छ, तर पानीको व्यवस्थापन मिलाउन नसक्दा बाटोमो लेते मात्र जम्मा भएको छ। देशैभरि नै वर्षा नरोकिएको अवस्थामा नेपालकै अत्याधिक वर्षा हुने लुम्लेमा त आकाश कालो हुँदा साथ वर्षा भइहाल्छ। लुम्ले खण्डमा एपेक्स कन्सट्रक्सन प्रालिले सडक निर्माणको काम गरिरहेको छ। निर्माण कम्पनीले सडकलाई सजिलो बनाउन निकै प्रयास गरिरहेको भएपनि दैनिक हजारौँ यात्रुहरुलाई सास्ती भैरहेको छ। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर काशीराज बोहराले बर्षा भैरहेका कारण नै यो समस्या आएको बताउनुहुन्छ ।‘

‘लगातार वर्षा भैरहेको छ, पानी परेका कारण काम नै गर्न सकिएको छैन। पानी नपरेको मौका पारेर रातीमा समेत काम गरेका छौँ। ‘बाटोमा सवारीलाई पर्न सक्ने समस्यालाई ख्याल गरेर एक्साभेटर पनि राति र दिउसोभर ‘स्टाण्ड बाई’ राखेका छौँ’, उहाँले भन्नुभयो ‘सडकको हिलो हटाउन धेरै खर्च भइसक्दा पनि बाटोमा सुधार नभएको तर घाम लाग्यो भने एक दुई दिनमा नै समस्या हुन्छ ।’