नेपालमा लगानीको सम्भावना खोज्दै फ्रान्सेली व्यवसायी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली र फ्रेन्च उद्यमी व्यवसायीलाई नेपालमा आएर निर्धक्क लगानी गर्न आग्रह गर्दै सरकार सहयोग गर्न तयार रहेकोे बताउनु भएको छ ।

नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरूबीच नेपालमा सहकार्यको सम्भाव्यता खोजी गर्ने सम्बन्धमा नेपाल आएको फ्रान्सेली उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सो कुरा बताउनुभएको हो ।

मन्त्री खतिवडाले लगानीमैत्री वातावरण सरकारले तयार पारेकाले ढुक्क भएर लगानी गर्न भन्दै नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसाबले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएको बताउनुभयो ।

नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध जतिकै मजबुत आर्थिक सम्बन्ध पनि हुनुपर्नेमा उहा“को जोड थियो । नेपालमा लगानी बढाउने इच्छा देखाएर तपाईहरू यहा“ आउनु भएकोमा सरकारको तर्फबाट फ्रेन्च प्रतिनिधिमण्डललाई स्वागत गर्दै फ्रेन्च लगानीकर्ताहरूले खोजे अनुसारको लगानीको वातावरण दिन सरकार तयार रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले नेपालमका पर्याप्त सम्भावना रहेकाले हवाई, बाटो, रेल र पानीमा लगानीको अवसर रहेको बताउनुभयो । सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भ्र्रमण वर्षलाई सहयोग पु¥याउन युरोपेली संघको कालो सूचीबाट नेपाली उड्डयन क्षेत्रलाई हटाउन आग्रह गर्नु भएको छ । युरोपमा हवाई मार्गमार्फत सिधा सम्पर्क स्थापति गर्न नेपाल वायुसेवा निगम सक्षम रहेको उहा“ले बताउनुभयो ।

भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा फ्रान्सेली कम्पनीका प्रतिनिधिसहितको फ्रान्सेली टोलीलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष भवानी राणाले नेपाल लगानीको लागि ‘भर्जिन ल्यान्ड’ भएको बताउनुभयो । सबै क्षेत्रमा उत्तिकै सम्भावना छन्, नीतिगत तथा कानुनी सुधार भएका छन् र सबैभन्दा ठूलो कुरा नेपाल सरकार, राजनीतिक दलहरू र निजी क्षेत्र सबैनै बाह्य लगानी आकर्षणको अभियानमा छ, अध्यक्ष राणाले भन्नुभयो–‘यो समय लगानीका लागि सबैभन्दा उपयुक्त समय हो । महासंघ यसका लागि आफ्नो तर्फबाट फ्रान्सेली लगानीकर्ताहरूलाई आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध छ ।’

कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न लगानी सम्मेलनको निश्कर्षसहित नेपालमा लगानीका सम्भाव्य परियोजनाका बारेमा प्रस्तुती दिनु भएको थियो ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सा“ जाभियर लेजेरले दुई देशबीचको व्यावसायिक सहकार्यमा यो कार्यक्रमलाई परिणामदायी बनाउन आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवम् मिनिस्टर अफ काउन्सिलर जो मार्क फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेकाले यो कार्यक्रमले केही परिणाम दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । नेपाल लगानी सम्मेलन भर्खरै सम्पन्न भएको र नेपाल सरकार पनि यसमा निकै गम्भीरतापूर्वक क्रियाशील रहेको आफूहरूले पाएकोले नेपालमा फ्रान्सेली लगानीको सम्भाव्यता खोजी गर्न आफूहरू यहा“ आएको उहा“ले स्पष्ट पार्नुभयो ।

नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूस“ग भएको व्यावसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए । त्यस अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, दिगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।

नेपाली लगानी सम्मेलनको लगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावास र राजदूतको विशेष पहलमा महासंघद्वारा आयोजना गरिएको यो कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।