वैशाख मसान्तसम्म पाइपबाटै डिजेल आउने

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
भारतको रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणलाई तीव्रता दिइएस“गै आगामी वैशाख अन्तिमसम्मबाट सञ्चालनमा आउने आयोजनाका अधिकारीहरुले दाबी गरेका छन् ।

परियोजना निर्माणका क्रममा देखिएका समस्याको समाधान, विभिन्न नीतिगत अस्पष्टता हल गरिएस“गै आयोजनाको निर्माणले तीव्रता पाएको छ । नेपाल आयल निगमको नेतृत्वमा आए लगत्तै कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका छन्।

निर्माणाधीन पाइपलाइन परियोजनाको नेपालतर्फ कुल ३६ दशमलव २ किलोमिटरमध्ये नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य भागमा पाइपलाइन निर्माणको काम सम्पन्न भइसकेको छ भने नौ किलोमिटरको जंगल क्षेत्रमा पाइपलाइन बिच्छ्याउने काम काम धमाधम भइरहेको परियोजनाका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिनुभयो ।

रुख कटानीको निर्णय हुन नसक्दा पाइपलाइन परियोजनाको काम अगाडि बढ्न सकेको थिएन । गत माघ ३ गतेको मन्त्रिपरिषद्को बैठकले पाइपलाइन परियोजनामा पर्ने रुख हटाउनेसम्बन्धी निर्णय गरेस“गै अहिले सो क्षेत्रमा धमाधम रुख हटाउने काम भइरहेको छ। जंगल क्षेत्रमा डेढ किलोमिटर पाइपलाइन गाड्ने काम भइसकेको छ। उक्त क्षेत्रमा छ हजार ५६३ रुख काट्नुपर्ने हुन्छ। रुख कटान र पाइपलाइन बिच्छ्याउने काम एकसाथ अघि बढिरहेको आयोजनाले जनाएको छ। नेपालतर्फ गत वैशाखदेखि पाइपलाइन बिच्छयउन थालिएको हो।

उक्त पाइपलाइन परियोजना सञ्चालनमा आएस“गै इन्धन ढुवानी भाडा वार्षिक झण्डै दुई अर्ब कम हुनेछ । पाइपलाइन सञ्चालनमा आएस“गै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ। देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगन्जबाट आपूर्ति हु“दै आएको निगमले जनाएको छ। शुरुआती चरणमा पाइपलाइनबाट डिजेल मात्र ल्याइने तयारी भएको पनि नेपाल आयल निगमले जनाएको छ ।