टाटा ट्रष्ट र सिप्रदीयनद्वारा राहत वितरण

0
Shares

काठमाडौं, (नेस)
टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको समन्वयमा हालैमात्र पर्सा जिल्लाको शुखचिना गाउ“मा ६५ आ“धी प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामानहरु राहतस्वरुप वितरण गरिएको छ ।

यसअघि सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्वारा पर्साको जगरनाथपुरमा ६५ भन्दा धेरै आ“धी प्रभावित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा वितरण गरिएको थियो । साथै बारा जिल्लाको भलुही र चैनपुरमा दुई सयभन्दा धेरै आ“धी प्रभावित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन र २ लिटर खाना पकाउने तेल वितरण गरिसकिएको थियो ।

उक्त कार्यक्रम स्थानीय प्रशासन तथा स्थानीय प्रतिनिधिको समन्वयमा सम्पन्न गरिएको हो ।