नेता झलनाथ खनाल स्वदेश फिर्ता

0
Shares

काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल भारत र श्रीलङ्काको भ्रमण गरी स्वदेश फर्कनु भएको छ । भारतको केरला हुँदै श्रीलङ«काको राजधानी कोलम्बोमा जानुभएका उहाँ सोमबार राति स्वदेश फर्कनुभएको हो ।

कोलम्बोमा यही चैत २२ देखि २४ गतेम्म भएको एशियाली राजनीतिक दलहरुको अन्तरराष्ट्रिय सम्मेलन९आइक्याप० को ३२ औँ स्थायी बैठक र ‘एशियन युरोपियन पोलिटिकल फोरम’को तेस्रो बैठकमा सहभागी भई उहाँ स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

आइक्यापको स्थायी बैठकमा सम्बोधन गदैँ उहाँले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकारले जनअपेक्षानुसार काम गरिरहेको जानकारी दिनुभयो । साथै फोरमको तेस्रो बैठकमा नेता खनालले ज्येष्ठ नागरिकका बारेमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा जेष्ठ नागरिकलाई सम्मानको थालनी तत्कालीन नेकपा ९एमाले०ले शुरु गरेको बताउनुभयो ।

कोलम्बोमा रहँदा उहाँले श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसंँग द्विपक्षीय हितका बारेमा छलफल गर्नुभएको उहाँका स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री खनाल दक्षिण भारत केरलाको त्रिवेन्द्रम पोथेनकोडमा भएको सन्तगिरि आश्रम हीरक जयन्तीका अवसरमा आयोजित सभा र आइक्याप बैठकमा सहभागी हुन गत चैत १० गते त्यसतर्फ जानुभएको थियो ।
रासस