वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

0
Shares

काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारार्थ भर्ना हुनुभएको छ ।
आइतवार उहाँको ज्वरो बढेपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकोले उहाँलाई ज्वरो आएको बताइएको छ ।

नेता नेपाल गत साता बारा र पर्सामा हावाहुरी आएपछि त्यहाँ जानु भएको थियो । उहाँलाई त्रिविका चिकित्सक डा। सन्तकुमार दासको टोलीले उपचार गरिरहेको छ । स्वकीय सचिव पौडेलले उहाँको ज्वरो सामान्य भएकाले चिकित्सकको सल्लाहमा आजै अस्पतालबाट घरफिर्ता गरिने जानकारी गराउनुभयो ।
रासस