मालपोत कार्यालयमा मन्त्रीको छड्के !

0
Shares

शिवहरीप्रसाद भटटराई, राजविराज ।
प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलवार भूमिसुधार तथा मालपोत कार्यालयमा छड्के निरीक्षण गरेका छन्।

उनले निरिक्षणपछि सेवाग्राहीलाई सहज सेवा दिन कर्मचारीलाई निर्देशन दिए। मालपोत कार्यालयमा घुस नबुझाए काम नहुने सुनेपछि आफू निरीक्षणमा आएको साहले जानकारी दिए।

मन्त्री निरीक्षणमा पुगेपछि मालपोत कार्यालयमा उपस्थित सेवाग्राहीले जनताको काम सहज रुपमा सम्पन्न गर्ने वातावरण बनाउन माग गरे।

अनलाईन प्रणाली सुरु गरेपछि काम सुस्त भएको उनीहरुको गुनासो छ ।
सेवाग्राहीको गुनासोपछि निर्देशन दिन पुगेका मन्त्रीलाई आवश्यकता अनुसार कर्मचारीको नहुँदा कार्यालय अस्तब्यस्त भएको कार्यालय प्रमुख सिकिन्द्रप्रसाद साहले जानकारी गराए।

कर्मचारीले सेवाग्राहीसँग पैसा मागेको र दुःख दिएको कुरा आफूले पुष्टि गर्न नसक्ने प्रमुख साहको भनाई छ ।
कार्यालयको निरीक्षण तथा कर्मचारीसँग छलफल गरेपछि मन्त्री साहले कर्मचारी ब्यवस्थापन र सिस्टमको समस्याका विषयमा संघीय सरकारसँग कुरा गर्ने बताए ।