माया गुरुङको नेतृत्वमा सफल भयो जुगल आरोहण

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा प्रथम जुगल आरोहणका लागि गएको टोलीले जुगल हिम श्रृंखलाको ग्याल्चेन पीकमा पाइला टेकेको छ । मंगलवार ५ बजेर २० मिनेट जाँदा जुगल हिम श्रृंखलाको ग्याल्चेन पीकमा आरोहण दलले पाइला टेकेको हो ।

मौसममा बदली भइरहँदा पहिलोपटक जुगलको आरोहणमा उक्लिएका उनीहरुले लक्ष्यअनुसार यात्रामा अघि बढ्न सकेका थिएनन् । निरन्तरको झरी र बाक्लो हुस्सुका कारण उनीहरु मौसम खुलेको मौका छोप्दै मंगलवार ५ बजेर २० मिनेट जाँदा ग्याल्चेन पीकमा पाइला टेक्न सफल भएका हुन् ।

प्रतिकुल मौसमका कारण स्वास्थ्यमा समस्या देखिएपछि आरोहण दलका सदस्य नेकपाका नेताद्धय माधव सापकोटा र सुवास कर्माचार्य बीचैमा यात्रा टुंग्याएर फर्कीएका थिए ।

सगरमाथा आरोही मायाँ गुरुङ, पर्यटन व्यवसायी मिलन लामा र शर्मिला थापाले भने जुगल हिमालको शिखर चुम्न सफल भए । ६ हजार १ सय ५१ मीटरको जुगल चुचुरोमा पुगेर उनीहरुले नेपालको झण्डा फहराएका छन् ।