खुकुरी देखाएर मनि ट्रान्सफरको तीन लाख लुटपाट

0
Shares

साँखु ।
जोरपाटीको चामुण्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको आज रु तीन लाख नगद लुटपाट भएको छ । मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको उक्त रकमसहित काउन्टरबाट करीब रु २० हजार लुटपाट भएको प्रहरीले जनाएको छ ।

पीडितले काठमाडौँको जोरपाटीस्थित नविल बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर पुगेपछि सटर खोलेर सफा गर्ने क्रममा एक्कासी भित्र छिर्दै तीन जनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेको बताएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो । प्रहरीले घटनाको थप अनुसन्धानका साथै लुटेराको खोज तलास जारी रहेको जनाएको छ ।
रासस