कामपाले तोक्यो निजी विद्यालयको शुल्क

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।
काठमाडौं महानगरपालिका भित्र संचालित निजी विद्यालयले बिद्यालयहरुले मासिक शुल्कका रुपमा तोकिएको २ महिनाको शुल्क बराबर बार्षिक अतिरित्त शुल्क लिन पाउन निर्णय गरेको छ । यो शुल्कमा खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, बिद्यालय भवन मर्मत, पुस्तकालय र प्राथमिक उपचार पर्छ ।

त्यस्तै धरौटीका रुपमा मासिक शुल्कमा तोकिएको १ महिना बराबरको रकम लिन पाइने व्यवस्था छ । बिद्यालयहरुले परीक्षा शुल्कवापत् मासिक शुल्कको पचास प्रतिशतमा नबढाई लिन सक्नेछन् । यसबाहेक अभिभावकहरुसँग बैठक बसेर उहाँहरुसँगको सहमतिमा बिशेष प्रशिक्षण सञ्चालन र शुल्क तोक्न सक्नेछन् ।

शैक्षिक सामाग्रीवापत् बिद्यालयले मासिक शुल्कको १० प्रतिशतमा नबढ्ने गरी बर्षको एक पटक लिन सक्नेछन् । कक्षागत शुल्कको दर तोक्नका लागि शिक्षा नियमावलीको दफा ५९ को अनुसूची २२ क मा ढाँचा राखिएको छ । त्ययस्तै आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) बिद्यालयले लिन पाउने अधिकतम शुल्क तोकेको छ ।

गएको २ बर्ष अघिको शुल्कमा केही थप गरेर समायोजक गरिएको छ । महानगरका शिक्षा अधिकारी निर्मला केसी का अनुसार बिद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले निजी बिद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ बर्गमा बर्गीकरण गरेको छ । यसरी बर्गीकरणमा परेका बिद्यालयले आफ्नो बर्गअनुसारको अधिकतम् शुल्क लिन पाउनेछन् ।

समितिले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १ हजार ६ सय ३० कायम गरेको छ । गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १ हजार १ सय ८१ रुपिया थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २ हजार २४, ‘ख’ बर्गका बिद्यालयको २ हजार ४ सय १८ र ‘क’ बर्गका बिद्यालयको २ हजार ८ सय १२ रुपिया तोकिएको छ । यस अघि ती बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १ हजार ५ सय ७५, १ हजार ९ सय ६९ र २ हजार ३ सय ६३ रुपिया थियो ।

आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १ हजार ९ सय १, ‘ग’ बर्गका बिद्यालयको २ हजार ३ सय ५१, ‘ख’ बर्गका बिद्यालयको २ हजार ८ सय १ र ‘क’ बर्गका बिद्यालयको ३ हजार २ सय ५१ रुपैयाँ कायम गरिएको छ । यस अघि ती बर्गका बिद्यालयको अधिकतम् शुल्क क्रमशः १ हजार ३ सय ५०, १हजार ८ सय ; २ हजार ,२ सय ५० र २ हजार ७ रुपिया कायम थियो ।

माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयले २ हजार ५ सय ३७ रुपिया अधितम् शुल्क लिन पाउनेछन् । यस अघि त्यस बर्गका लागि अधिकत् शुल्क १ हजार ८ सय ३८ रुपिया थियो । त्यस्तै ‘ग’ बर्गका लागि ३ हजार १ सय ४९, ‘ख’ बर्गका लागि ३ हजार ७ सय ६२ र क बर्गका लागि ४,३७३ रुपिया अधिकतम् शुल्क तोकिएको छ । यस अघि ती बर्गका बिद्यालयको अधिकतम् शुल्क क्रमशः २ हजार ४ सय ५०, ३ हजार ६३ र ३ हजार ६ सय ७५ रुपिया थियो ।

बिद्यालयको बर्गीकरणका लागि ५४ बुँदा र अन्य उपबुँदामा सूचकहरु तोकिएका छन् । तीमध्ये बिद्यालयको आफ्नै जग्गा, भवन, हातामा घेराबार, खेल मैदानजस्ता भौतिक पूर्वाधार; पुस्तकालय, शौचालय, खेलका सामाग्री जस्ता सुबिधा; बिद्यार्थी संख्या, शिक्षक, छात्रवृत्ति, बिद्यालय व्यवस्थापन समितिको बैठक, शैक्षिक उपलब्धी महिला शिक्षक अनुपात, छात्राबास, बालमैत्री कक्षा, शिक्षक बैठक, कर्मचारी संख्यालगायत छन् ।

यी सूचकका आधारमा ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ ले बिद्यालय बर्गीकरण गर्छ । महानगर शिक्षा नियमावलीअनुसार समितिमा शिक्षा अधिकारीको संयोजकत्वमा बिषयगत प्रतिनिधित्व रहने व्यवस्था छ । यस समितिको फागुन २६ गते बसेको बैठकले चालु शैक्षिक सत्रको शुल्क निर्धारण गरेको हो ।