एनसेलसंग तीन महीनाभित्र कर उठाउन सरकारलाई सर्वोच्चको आदेश

0
Shares

काठमाडौ ।
सर्वोच्च अदालतले सरकारलाई एनसेलबाट सम्पूण कर तीन महीनाभित्र उठाउन आदेश दिएको छ। सर्वाेच्चले मंगलबार सार्वजनिक गरेको पूर्ण पाठले सरकारलाई उक्त आदेश दिएको हो ।

सर्वाेच्चले एनसेललाई कर दायित्व पूरा नगरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री गर्न नदिन पनि आदेश दिएको छ ।

यसअघि माघ २३ गते सर्वोच्चले एनसेलबाटै पुँजीगत लाभकर असुल गर्न आदेश दिएको थियो।