आम्दा अस्पतालमा शिशु मृत्यु प्रकरणः दुई छोरीलाई १० कक्षासम्म पढाईदिने सहमतिमा सव बुझियो

0
Shares

यमलाल भुसाल, बुटवल ।
अस्पतालको कमजोरीका कारण नवजात शिसुको ज्यान गएकोमा अस्पतालले पीडितका छोरीलाई १० कक्षा सम्म पढाई दिने सहमती भएपछि सव अस्पतालवाट उठाईएको छ ।

आम्दा अस्पताल बुटवलमा उपचारका क्रममा बुटवल सुक्खानगरका नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको सोमवार साँझ ज्यान गएको हो ।

अस्पतालको लापरवाहीले आम्दा बुटवलमा पटक पटक यस्ता घटना भइरहेको भन्दै पीडित अभिभावकले घटनाको निष्पक्ष छानबिन गर्न र क्षतीपुर्ती दिन अस्पताल प्रशासनसंग माग गरि आन्दोलित भएका थिए ।

जसका कारण २५ घण्टा पछिमात्र शिशुको शव बुझिएको छ । अस्पताल र पीडित पक्ष बिच मंगलवार दिनभरी चलेको वार्ताले पीडित नारायणका दुई छोरीलाई १० कक्षा सम्म अस्पतालले निशुल्क पढाईदिने,बुवा, आमा र दुई छोरीको उपचार अस्पतालले निशुल्क गर्ने,छोरीहरुको योग्यता पुगेपछि अस्पतालले रोजगारीका लागि प्राथमिकता दिने सहमती भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरले जनाएको छ ।

नारायणका दुई छोरी र एक नावालक छोरा रहेकोमा छोराको मृत्यु भएसंगै दुई छोरीमात्र रहेका छन । बुटवलको युनाईटेड एकेडेमीवाट जेठी छोरीले कक्षा ५ को र कान्छी छोरीले कक्षा दुईको फाईनल परिक्षा दिएका छन ।

निमोनिया भएर आम्दा बुटवलको आकस्मिक कक्षमा पु¥याए पनि समय मै डाक्टरले उपचार नगरिदिदा शिसुको मृत्यु भएको अभिभावकले आरोप लगाएका छन ।

साँझ पौने ६ बजेतिर अस्पताल पुगेको र साढे सात बजे शिसुको ज्यान गएपछि मात्र डाक्टर आएको मृतकका बाबु नारायणले आरोप लगाउनु भएको छ । भैरहवा मेडिकल कलेजले आम्दा बुटवलमा रिफर गरेपछि नारायणले छोरालाई त्यहा पुराएका थिए । आम्दा पुग्नुअघि नारायणले डा. सन्तोष पोखरेललाई मेडिकलमा जाँच गराउनु भएको थियो ।

डा. सन्तोषले पनि भर्ना नै गर्नुपर्ने भन्दै औषधि लेखेर आम्दामा पठाउनु भएको हो । डा. सन्तोषले लेखेको औषधि आम्दामा नर्सहरुले शिसुलाई दिए तर थप चेकजाँच गर्न डाक्टरहरु नआएको आमा ज्ञानु दर्लामीले बताउनु भयो । डाक्टर बोलाइदिनुस भनेर आफुले पटकपटक आग्रह गर्दा पनि नर्सहरुले कुनै वास्ता नगरेको र शिसुको मृत्यु भएपछि मात्र डाक्टर आएको उहाँको कथन छ ।