जमीनको सीमा विवादमा ५० वर्षीया बासमतीको हत्या

0
Shares

भीमदत्तनगर ।
जमीनको सीमा विवाद हुँदा कञ्चनपुर लालझाँडी गाउँपालिका–१ का ५० वर्षीया बासमती रानाको हत्या भएको छ ।

सोमबार स्थानीयवासी २५ वर्षीय निरज रानाले बासमतीको टाउकोमा कोदालोको बींड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

प्रहरीले घटनाका अभियुक्त रानालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँदै शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको छ ।
रासस