केकी अधिकारी सिल्क वएर ब्राण्डको ब्राण्ड एम्बास्डरमा नियुक्त

0
Shares

काठमाडाैँ ।
नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको सिल्क वएर ब्राण्डले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । नेपालको एकमात्र आईएसओ सर्टिफाईड कम्पनी रहेको कम्पनीका प्रबन्ध निर्देशक राजन झाले बताउनु भयो ।

राजधानीमा आज एक समारोहका बिच ब्राण्ड एम्बास्डरको लागि केकी अधिकारी र कम्पनिका निर्देशक राजन झा बिच सम्झौता आदन प्रदान भएको थियो । केकी अधिकारीलाई कम्पनिले ३ वर्षको लागि ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

यस्तै क्ष्पि ध्बचभ द्यचबलम को धाराका सामानहरु भने जोनसनअन्तराष्ट्रिय प्रा.लि. ले बजारमा ल्याएको छ । कम्पनीले आफ्ना सामानहरुमा १० वर्षको ग्यारेण्टी दिने र विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले यस्ता उत्पादनशील क्षेत्रमा लगानी गरी नेपालको उत्पादन क्षमता बृद्धि गरी नेपाललाई आत्मनिर्भर बनाउन सुरुवात गरेकोमा र यस्ता प्रिमियम ब्रान्ड
लाई प्रचार गर्न कम्पनीले आफुलाई रोजेकोमा कम्पनिका निर्देशक राजन झालाई धन्यवाद दिदै आफुले यो ब्राण्डलाई नेपालीहरुको माझ पुया्रउन सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन । सबै व्यापारी वर्गलाई यसै गरी नेपालमा उत्पादनशील क्षेत्रमा लगानी गरी देशलाई आत्मनिर्भर बनाउन पनि अपिल गरिन ।

क्ष्पि ध्बचभ नै किन रोज्ने भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै निर्देशक झाले भन्नुभयो, हामी हाम्रा ग्राहकलाई १० वर्षको ग्यारेन्टी दिदै छौ, बिक्री सेवा उत्पादन गुणस्तर अन्तर्राष्ट्रिय मानक पछिको भएको हुनाले निर्धक्क भएर प्रयोग गर्न सल्लाह दिनु भयो, विदेशी ब्राण्डलाई महँगो पैशा तिर्नु भन्दा विदेशी ब्राण्ड् सरहको नेपाली ब्राण्डलाई किफायति मूल्यमा प्रयोग गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि निर्देशक झाले अनुरोध गर्नुभयो ।