९० हजारसहित जुवा खेलिरहेका छ जना पक्राउ

0
Shares

बुटवल ।
प्रहरीले करिब ९० हजारसहित जुवातास खेलेको अभियोगमा छ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सिद्धार्थनगर नगरपालिका वडा नं १२ स्थित प्रानेश कुमार चौधरीको घरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले घरधनी चौधरीसहित रुपन्देहीको मायादेवी गाउंपालिका ८ का अमृत बि।क, पुरुषोत्तम रेग्मी, अर्जुन सुनार, रामेश्वर कोइरी र यमबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

उनीहरुबाट ८८ हजार २ सय ६० र भारतीय ८ सय ४० रूपैयाँ, तास ३ सय १२ पत्ती, कौडा ४ थान तथा रजिष्टर ३ थान बरामद गरेको प्रहरप्ले जनाएको छ ।
यसबारे अदालतबाट १० दिनको म्याद थप लिइ अनुसन्धान थालिएको छ ।