लागूऔषधसहित चार जना पक्राउ

0
Shares

दार्चुला । लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल दार्चुलाबाट खटिएको प्रहरीले महाकाली नगरपालिका–४ पुलघाटबाट ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुहु गाँउपालिका–५ बस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरी छन् ।

उनीहरुको साथमा १ सय १० ग्राम चरेस, कोरेक्स एक बोतल तथा नाइट्रोभेट ट्याब्लेट तीन वटा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई कारबाहीको लागि प्रहरीमा बुझाइएको बताइएको छ ।