जिल्ला प्रशासनमा डिजिटल प्रविधिबाट सेवा शुरु

0
Shares

बासुदेव शर्मा, जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्न लागेको छ । नागरिकहरुले पाउने सेवा प्रवाहलाई छिटो छरितो प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमवार देखि डिजिटल प्रविधिबाट काम शुरु गरेको छ ।

नागरीक मैत्री सेवा दिन जिल्ला प्रशासन कार्यालय जाजरकोटले पहिलो पटक डिजिटल बडापत्र, फ्रि वाईफाई, स्मार्ट टिभि र सिसि क्यामरा राखेको छ । यस अघि नै कार्यालयले कम्प्युटर प्रिन्टबाट नागरिकता दिन थालेको जिल्ला प्रशासन कार्यालयले अव देखि सेवालाई डिजिट प्रविधि बनाएको हो । सेवा लिन आएका सेवाग्राहीलाई समय विताउन सहज होस भनेर फ्रि वाईफाई र ४३ इन्चको स्मार्ट टिभी प्रतिक्षा कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो । प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी लगायतका काममा चाहिने आवश्यक कागजातमा लाग्ने दस्तुर र समयको बारेमा नागरिकहरुलाई जानकारी होस भन्ने उद्धेश्यले डिजिटल वडापत्र राखिएको प्रमुख वस्नेतले वताउनु भयो ।

‘कार्यालयमा हुन सक्ने ढिलासुस्ती र अनियमितता रोक्न सिसि क्यामरा राखिएको छ । सवै फाँटमा कर्मचारीले गरिरहेको कामको निगरानी आफैले गर्ने गरि ब्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले म कार्यालयमा नहुँदा पनि मेरो मोवाईलबाटै प्रत्यक्ष निगरानी गर्ने ब्यवस्था मिलाएको छु ।

यसले गर्दा कर्मचारीले लापरवाही गर्ने र टेबल मुनीबाट घुस लिने प्रबृत्तिको समेत अन्त्य हुन्छ । हामी कहाँ त्यस्तो गुनासो आएको छैन तर त्यस्तो अवस्था नै नआओस भनेर सचेत हुनको लागी नागरिक मैत्री वन्नको लागी गरेको वताउनु भयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटले साढे दुई लाख रुपैया आन्तरिक स्रोत खर्च गरेर कार्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउन सफल भएको प्रमुख जिलल अधिकारी ललित कुमार वस्नेतले वताउनु भयो ।