नेपाल रेडक्रसको प्रदेश संरचनाको नेतृत्व चयन

0
Shares

नेपाल समाचारपत्र
काठमाडौ । नेपाल रेडक्रस सोसाइटीको ४ वटा प्रदेश समितिको निर्वाचन सम्पन्न भएका छन् । २ नंवर, गण्डकी प्रदेश, ५ नम्ंवर र ६ नम्ंवर प्रदेशमा पहिलो पटक प्रदेश समितिहरु गठन भएका हुन । ती प्रदेश समितिका पदाधिकारी निर्विरोध चयन भएका हुन् ।

नेपाल रेडक्रसको गण्डकी प्रदेशको सभा र प्रदेश कार्यसमितिको पहिलो निर्वाचन कास्कीको पोखरामा सम्पन्न भएको छ । नवनिर्वाचित समितिमा कास्कीका सूर्य प्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित हुनुभयो । यसैगरी, कोषाध्यक्षमा नारायणप्रसाद घिमिरे, उपमहासचिवमा सुनिलकुमार अर्याल, उपकोषाध्यक्षमा हिराबहादुर थापा, महिला सदस्यहरुमा पुष्पा शेरचन र फुलमाया गुरुङ निर्वाचित हुनुभयो । खुल्ला सदस्य तर्फ हिमाल प्रसाद शर्मा, धनेश्वर रेग्मी, केशवप्रसाद सापकोटा र स्याङजाका यज्ञप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।

महोत्तरीमा सम्पन्न २ नंम्बर प्रदेशको सभाले पर्साका फूल महमद मियाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको छ । महिला उपाध्यक्षमासरिता सिंह, महासचिवमा चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा दिव्यनाथ श्रेष्ठ निर्वाचित हुनुभयो ।

सुगन्ध प्रसाद गुप्ता, पर्साका सलाउदीन अहमद क्रमश उपमहासचिव र उपकोषाध्यक्ष चयन हुनुभएको छ । महिला सदस्य तर्फ भुवानी गिरी श्रेष्ठ र बाराकी रुपा अधिकारी चौधरी निर्वाचित हुनुभयो भने खुल्ला सदस्यतर्फ सप्तरीका रामनारायण चौकरी र भवेन्द्र प्रसाद यादव, रौतहटका राज किशोर प्रसाद यादव र शशिभुषण प्रसाद सिंह निर्वाचित हुनुभएको छ ।

५ नम्ंवर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुरु गर्नुभयो । लुम्बिनीमा सम्पन्न ५ नं प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका सभापति शम्भु पोख्रेल अध्यक्ष रहेको १२ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा किरण श्रेष्ठ जोशी, महासचिवमा कृष्ण पगेनी, कोषाध्यक्षमा राज कुमार बर्मा, उपमहासचिवमा ईश्वर पोख्रेल, उपकोषाध्यक्षमा दामोदर पौडेल र सदस्यहरुमा केशव सिह, कृष्ण अधिकारी, राधा पन्थी, हैदर अलि, मान बहादुर घर्ती मगर र मिना गिरी रहनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको प्रथम अधिवेशन र प्रदेश कार्यसमितिको बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको र प्रदेश समितिको अध्यक्षमा भेषबहादुर थापा र महासचिवमा कृष्णबहादुर थापा सहित समितिमा १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा विजय बुढा, कोषाध्यक्षमा नरबहादुर नेपाली, उपमहासचिवमा बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा नन्दलाल रावत हुनुहुन्छ । निर्वाचित सदस्यहरुमा खम्बजंग शाह, रामबहादुर बुढा,कृष्णकला पाण्डे , कटक बहादुर शाही, सुमन बस्नेत र गणेश विसी हुनुहुन्छ ।

ललितपुरमा सम्पन्न नेपाल रेडक्रसको विशेष महाधिवेशनले तय गरे अनुरुप यही चैत मसान्तसम्म बाँकी ३ वटा प्रदेशमा नेपाल रेडक्रसका प्रदेश समितिको सभा र निर्वाचन हुनेछन् ।