सशस्त्र प्रहरीका ७५ जवान दीक्षित

0
Shares

भक्तपुर,(नेस) । सशस्त्र प्रहरीका ७५ जवान दीक्षित भएका छन् ।गत जेठमा सशस्त्र प्रहरी जवान पदका लागि छनोट हुन सफल व्यक्तिहरु ३७ हप्ताको तालिम पुरा गरेपछि भक्तपुर दुवाकोटस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीबाट उक्त संख्याका जवानहरु दीक्षित भएका हुन्।

सि.स २२६९(ढ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त समारोहमा दीक्षित भएकाहरु मध्ये उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले सम्मान गर्नुभयो ।

३७ हप्ताको तालिममा उनीहरुलाई युद्धकला, फिल्ड क्रफ्ट, म्याद रिडिङ्ग, भिड नियन्त्रण, उत्प्रेरण, निर्वाचन सुरक्षालगायतका विषयमा तालिम दिइएको छ ।
उक्त तालिममा सर्वप्रथम सशस्त्र प्रहरी जवान दीपक पुनमगर, कवाज प्रथम सशस्त्र प्रहरी जवान रोशन पुरी, चाँदमारी प्रथम विजयबाबु कार्की र सहिष्णुता प्रथम सशस्त्र प्रहरी जवान वीरबहादुर खत्री भएका छन् ।