कामपाभित्रका ३ प्रतिशत बालबालिका बिद्यालय बाहिर

0
Shares

 

काठमाडौं,(नेस) । काठमाडौं महानगर क्षेत्रभित्र ५ बर्षमाथि १० बर्ष उमेर समूहका करीब ३ प्रतिशत बालबालिका बिद्यालय बाहिर रहेको तथ्याङकले देखाएको छ ।

सहरमा छोटो र लामो समयका लागि बसोबास गर्नआउने तथा श्रममा आवद्ध अभिभावकका कारण एकिन तथ्याङ्क प्राप्त हुन कठिन महानगरको भनाई छ ।
बैशाख २ गतेदेखि १५ गतेसम्म बिद्यार्थी भर्ना अभियानको पुर्व सन्ध्यामा हिजो सोमबार राजधानीमा आयोजित अभिमुखीकरण कार्यक्रममा कामपा शिक्षा विभाग प्रमुख निर्मला केसीले सो जानकारी गराउनुभएको हो ।

बिद्यालय बाहिर भएका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले यो अभियान शुरु गर्न लागिएको, हो । शिक्षा अधिकारी केसीले ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई बिद्यालय पु¥याऔं’ सारासहित भर्ना अभियान चलाइने जानकारी दिनुभयो । उहाका अनु्सार बैशाख १४ गते अभियान सकिनेछ ।
त्यसपछि १५ गतेदेखि ३० गतेसम्म घरदैलो कार्यक्रम हुनेछ ।

भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको बताउनुभयो । अभिमुखीकरणमा प्रितम पौडेलले सकारात्मक सोच बिकास र शिक्षा मन्त्रालयका उपसचिव डा. भोजराज काफ्लेले गुणस्तरीय शिक्षा निर्माण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पौडेलले नकारात्मक नसोची जीवन चल्छ कि चल्दैन भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शिक्षा मन्त्रालययका उपसचिव डा. काफ्ले सामुदायिक बिद्यालयको गुणस्तरीय शिक्षा व्यवस्थापनमा शिक्षकको भूमिकामा आफ्नो धारणा राख्नुभएको थियो ।

देशको भार थाम्नु पर्ने बिद्यार्थीलाई असल बनाउने जिम्मेवारी पाएका शिक्षक सकारात्मक र सृजनात्मक भए मात्र असल नागरिक निर्माण हुन सक्छ, कार्यक्रममा महानगरको प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलियाले धारणा राख्नुभयो । काठमाडौं महानगरमा ९१ , सामुदायिक र ६ सय ४५ वटा संस्थागत गरी ७ सय ३६ बिद्यालय छन् ।

यी बिद्यालयमा २ लाख ३ हजार ९ सय ७१ जना बिद्यार्थी अध्ययन गर्छन् । यसमध्ये १ लाख ५८ हजार ९ सय ७१ जना संस्थागत बिद्यालयमा र बाँकी सामुदायिक बिद्यालयमा अध्ययन गर्छन् ।