एक भए दुई अभिभावकका संस्था, नया नामः नेपाल अभिभावक महासंघ

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं । नेपाल अभिभावक संघ र राष्ट्रिय अभिभावक संघ एकिरण भएर नेपाल अभिभावक संघ भएको छ । नयाँ बनेको महासंघमा ३६ सदस्यीय तदर्थ समिति र १० सदस्यीय सचिवालय गठन भएको छ ।

हिजो सोमबार आयोजित कार्यक्रममा बिसं २०५१ सालमा स्थापना भएको नेपाल अभिभावक संघ र २०५९ सालमा स्थापना भएको राष्ट्रिय अभिभावक संघ एकिकरण भएर नेपाल अभिभावक संघ घोषणा भएको हो ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले महासंघको ब्यानर अनावरण गर्नुभएको हो । उहाले विद्यार्थीलाई सिक्ने प्रकृयामा सहयोग गर्न अभिभावकको मुख्य भुमिका रहेको बताउनुभयो ।

उहाले सरकारले गरेको हरेक काममा अभिभावकको महत्वपुर्ण भुमिका रहेको औल्याउदै दुई अभिभावकको संस्था एक भएकोमा बधाइ दिनुभयो ।
उहाले शिक्षा क्षेत्रको समग्र विकासको लागि शिक्षा ऐन अपरिहार्य रहेको बताउनुभयो । उहाले भन्नुभयो–प्रतिपक्षले सहमति दिन्छन भने अध्यादेश मार्फत ऐन ल्याएर शिक्षामा सुधार गर्नेछु ।

नव घोषित महासंघका संयोजकमा अभिभावक संघका पुर्वअध्यक्ष शुप्रभात भण्डारी र राष्ट्रिय अभिभावक संघका पुर्व अध्यक्ष धर्मदत्त देवकोटा संयोजक रहनुभएको छ ।

महासंघले नियमित कार्यसंचालन गर्न संयोजकद्धय भण्डारी , देवकोटा र निवर्तमान अध्यक्षद्धय केशव पुरी र यादव प्रसुाद शर्मा रहनेगरी चार सदस्यीय स्थायी समिति गठन गरेको छ । शिक्षाका विभन्न १० संगठन गाभिएर बनेको महासंघमा १० वटा क्षेत्रमा विभिन्न पदाधिकारीलाई जिम्मेवारी दिइएको छ ।

सामुदायिक विद्यालय अभिभावक संघको संयोजकमा रामप्रसाद न्यौपाने र सहसंयोजकमा रघुनाथ महर्जन, संस्थागत विद्यालय अभिभावक संघको संयोजकमा सुभास भण्डारी र सहसंयोजकमा कोषबहादुर जिसी, प्राविधिक शिक्षा अभिभावक संघको संयोजकमा गुणराज गौतम र सहसंयोजकमा सचितानन्द घिमिरे, विश्वविद्यालय अभिभावक संघको संयोजकमा सरिता अर्याल र सहसंयोजकमा गंगा पराजुली, विदेशमा अध्ययनरत विद्यार्थीका अभिभावक संघका संयोजकमा नवराज काफ्ले र सहसंयोजकमा प्रकाश धिताललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै नेपाल वालगृह महासंघको संयोजकमा दुर्गा मैनाली, दृष्टीविहीन अभिभावक संघका संयोजकमा राजेशमान केसी, अभिभभावक संघ नेपालमा केशव पुरी, राष्ट्रिय अभिभावक संघमा यादवप्रसाद शर्मा लाई जिम्मेवारी दिइएको छ ।

घोषणा सभामा बौल्दै पुर्वमन्त्री एवं एमाले नेता गंगालाल तुलाधर, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एवं भीमसेनदास प्रधान, शिक्षक महासंघका अध्यक्ष वावुराम थापा, प्याब्सनका उपाध्यक्ष टीआर ढकाल, एनप्याब्सनका महासचिव सुभाष न्यौपाने लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमममा संयोजकद्धय भण्डारी र देवकोटाले अबको अभिभावकले देशको सबै किसिमका शिक्षा लिने विद्यार्थीका हकहितको लागि अघि बढ्ने जनाएको छ । एकता अधिवेशनले महासंघको अन्तरिम विधान २०७५ पारित गरेको छ ।