राहत प्याकेज चीनको ऋण तिर्नमा प्रयोग हुन सक्नेमा चिन्ता

0
Shares

वासिङटन (एजेन्सी)
अमेरिकाका तीन प्रभावशाली सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग पाकिस्तानद्वारा प्रस्तावित अर्बौं डलरको राहत प्याकेजको विरोध गर्न आग्रह गरेका छन् ।

उनीहरुका अनुसार पाकिस्तानले उक्त राहत प्याकेजबाट प्राप्त हुने धनरासी चीनले ऋण चुकाउनका लागि प्रयोग गर्न सक्ने बताएका छन् ।

द्विदलिय समुहका तीन सांसद टेड याहु, अमी बेरा र जर्ज होल्डिंगले अर्थमन्त्री स्टिन मनुचिन र विदेशमन्त्री माइक पोम्पियोलाई लेखेको पत्रमा यस मामिलामा गहिरो चिन्ता ब्यक्त गरेको जनाइएको छ ।

पाकिस्तानले चीन–पाकिस्तान आर्थिक सम्पर्कमार्ग (सीपेक)का लािग चीनसँग ऋण लिएको हो । सांसदहरुले पत्रमा भनेका छन्– चिनियाँ आधारभुत संरचना परियोजनाबाट प्राप्त ऋण फिर्ता गर्न पाकिस्तान सरकारले अन्तराष्ट्रिय मुद्रा कोषसँग बेलआउट प्याकेजको मागलाई लिएर हामी अत्यन्त चिन्तित छौं ।

चीनले सीपेकका लागि पािकस्तानमा ६२ अर्ब डलर लगानी गरिरहेका छन् । यसमा ऋण तिर्नुपर्ने तथा लाभ बुझाउनु पर्ने सर्त प्रस्ट नभएको उल्लेख गर्दै यसले पाकिस्तानमा अत्यन्त चिन्ताको वातावरण रहेको उनीहरुले बताएका छन् ।

चीनको ऋण जाल कुटनितिको खतरनाक उदाहरण श्रीलंका भएको उनीहरुले उल्लेख गरेका छन् । श्रीलंका हंबनटोटा बन्दरगाह विकास परियोजनाका लागि चीनसँग लिएको ऋण भुक्तानी गर्न असमर्थ भएको उनीहरुले बताए । त्यसपछि चीनले अन्त्यन्त दबाव दिएर श्रीलंकालाई अन्तत बन्दरगाहको १ हजार ५ एकड जमिन ९९ बर्षका लागि हात पारेको थियो ।

पाकिस्तानमा पनि चीनको समान निति हुन सक्नेमा उनीहरुले चिन्ता ब्यक्त गरेका छन् ।