आफूसँग भएको पैसा निकाल्न व्यवसयाीलाई प्रमको आह्वान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीले कानुनमा के कस्तो सुधार खोजिएको हो विस्तृत कार्ययोजना लिएर आउन आफूस“ग आउन आह्वान गर्नु भएको छ । नेपाल उद्योग परिसंघको १६औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘व्यापार गर्ने क्रममा कुनै बाधा, व्यवधान आइलागे वा कर्मचारीबाट कुनै समस्या उत्पन्न गरिए म कहा“ आउनोस ।’

प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो–‘मौलिक उद्योग खोलौं, सरकारले के सहयोग गर्नु प¥यो, के छुट दिनु प¥यो, कानुनको कुन पृष्ठमा, कुन दफा र उपदफामा के सुधार गर्नु प¥यो त्यो स्पष्ट सरकार छ’ । ‘आफूस“ग भएको पैसा निकाल्नोस, लगानी गर्नोस । बाहिरबाट ल्याएको पैसा छ भने पनि स्वच्छ हो भन्ने प्रत्याभूति गर्नोस र लगानी गर्नोस ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
देशमा खनिजलगायतका प्राकृतिक स्रोतको सदुपयोग गर्ने वातावरण बनिरहेको बताउ“दै उहा“ले देशमा राजनीतिक स्थिरता कायम भएकाले अनुकूल परिस्थिति निर्माण भएको समेत बताउनु भयो ।


स्वदेशी उद्यमी, व्यवसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको भन्दै उहा“ले पु“जी र प्रविधिका लागि विदेशी लगानीका लागि आह्वान गरिएको प्रष्ट पार्नु भयो । हामीलाई पनि फाइदा हुने र लगानी गर्ने विदेशीहरुलाई पनि फाइदा हुने अवस्था सिर्जना गर्दै सहकार्यको वातावरण बनाइने उहा“ले बताउनुभयो । ‘ विदेशी लगानीकर्तालाई त नेपालमा लगानी गर्न आह्वान गरि“दै गरेको अवस्थामा स्वदेशी लगानीकर्तालाई झन् प्रोत्साहन नगर्ने कुरै भएन ।’ प्रधानमन्त्रीले भन्नुभयो–‘ हामी हाम्रा उद्यमीलाई ढुक्क हुनोस भन्न चाहन्छौ । कमाउनका लागि तपाईंहरुले अपारदर्शी काम केही गर्नु पर्दैन, पारदर्शी बन्नोस । अदृश्य ढंगले आएको स्रोत लुकाउन पनि गाह«ो देखाउन पनि गाह्रो हुन्छ ।’ प्रधानमन्त्रीले वर्तमान सरकारको प्रयास सुशासन र विकासमा केन्द्रित रहेको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय रुपमा निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सरकार तयार रहेको भन्दै निर्यातबिना दोहोरो आर्थिक वृद्धि कठिन रहेको धारणा राख्नुभयो ।। त्यस्तै परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले कृषिलाई औद्योगिकरण गर्ने लय देखिएको र सरकारलाई निजी क्षेत्रको साथ रहेको उल्लेख गर्दै हाम्रो विकास प्रणालीमा नीतिको होइन नैतिकताको खडेरी रहेको धारणा राख्नुभयो । उहा“ले स्रोतको होइन स्रोते परिचालनमा समस्या रहेको उल्लेख गर्दै कामफत्ते गरेर नतिजा देखाऊ भन्ने भोकको अभाव छ ।काम गर्नेलाई पुरस्कार र नगर्नेलाई कारबाहीको व्यवस्थापन नगरेसम्म विकास परियोजनामा अपेक्षित परिणाम पाउन गाह्रो छ, भन्नुभयो ।