सिटिजन्स बैंकको डेपुटी सीईओमा देवकोटा


 

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलको २९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका बोधराज देवकोटालाई वैशाख १ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हालै नियुक्त भई रिक्त हुन गएको नायब प्रमुख कार्यकरी अधिकृत पदमा देवकोटालाई नियुक्त गरिएको हो । देवकोटाले स्थापनाकाल देखिनै बैंकसं“ग आबद्ध रह“दै आउनु भएको छ ।

बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव रहनुभएका देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एम.फिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएको छ । यसअघि उहा“ नेपाल बैंक कार्यरत हुनुहुन्थ्यो ।