सिद्धार्थ बैंकको थप दुई शाखा खुले


काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले सोमबार तनहु“को दुलेगौंडा र कास्कीको लेखनाथमा दुई शाखा स्थापना गरेको छ ।

बैंकको दुलेगौंडा शाखाको उद्घाटन गण्डकी प्रदेशका सांसद आशा कोइरालाबाट र लेखनाथ शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गर्नुभएको थियो नया“ शाखासहित बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६० एटीएम र १२ सयभन्दा बढी पीओएस मेसिनमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।