आन्तरिक आयमा १० करोड वृद्धिको अनुमान

0
Shares

हेटौंडा,(नेस)
हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको हालसम्म २२ करोड ६० लाख रुपिया“ आम्दानी गरेको छ । आन्तरिक आयमा गत वर्षको तुलनामा चालू आर्थिक वर्षको अन्त्यसम्म १० करोड रुपिया“ले वृद्धि हुने अनुमान छ ।
उपमहानगर उपप्रमुख मीना लामाद्वारा चौथो नगरसभामा प्रस्तुत बजेटले आन्तरिक आम्दानी वृद्धि भएको देखाएको हो । साबिक बजेटमा बृद्धि भएर एक अर्ब ७७ करोड रुपिया“ पुगेको छ । चालू वर्षको अन्त्यसम्म उपमहानगरको आम्दानी एक अर्ब ८७ करोड हुने अनुमान गरिएको उपप्रमुख लामाले बताउनुभयो ।

उक्त रकम चालू आर्थिक वर्षमा स्वीकृत भएको रकमभन्दा १५ प्रतिशत वृद्धि अर्थात २४ करोड ६२ लाख रुपिया“ बढी हो । नदीजन्य पदार्थ, विज्ञापनकर, पूर्वाधार मर्मतसम्भार, सार्वजनिक शौचालय, सिमेन्ट निकासी करलगायत क्षेत्रबाट बढी राजस्व संकलन भएको छ ।
चालू आर्थिक वर्षको यस अवधिसम्म भौतिक पूर्वाधारका ३ सय ८९ योजना सम्झौता भएर सञ्चालनमा आएका छन् । जसमध्ये २ सय ५ वटा योजना सम्पन्न भएर एक सय ८४ वटा योजना निर्माणाधीन अवस्थामा रहेको उपप्रमुख लामाले जानकारी दिनुभयो ।

प्रदेश–३ सरकारद्वारा हस्तान्तरित ६ करोड ८५ लाख रुपिया“ बराबरका १५ योजना सञ्चालन भइरहेका छन् । संघीय सरकारस“गको साझेदारीमा ६ करोड २१ लाखका पा“च योजना सञ्चालनमा छन् । उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा ठूला आयोजनाका रुपमा कर्रा करिडोर, बस टर्मिनल, सपिङमल, भवन निर्माणसम्बन्धी मापदण्ड, सभागृह, भ्युटावर निर्माणलगायत काम गर्ने योजना बनाएको छ ।

नगरसभामा उपमहानगर मेयर हरिबहादुर महतले सबै योजना सकेर अन्य नगरभन्दा पहिलो हुन हेटौंडा लागिपरेको बताउनुभयो । भौतिक पूर्वाधारसहितका सबै योजना समयमै सक्न उपमहानगर तयार रहेको बताउ“दै उहा“ले भन्नुभयो–‘अन्य नगरपालिका, महानगरपालिकाको बजेट फ्रिज भइरहेको समयमा हेटौंडालाई काम गर्न बजेट अभाव छ ।

नगरमा विकासका धेरै योजनाका लागि बजेट आवश्यक रहेको मेयर महतले बताउनुभयो । साना योजना नभएर ठूला योजना छनोट गर्न आग्रह गर्दै उहा“ले भन्नुभयो–‘सामान्य योजना छनोट गरेर काम गर्नेभन्दा ठूला र देखिने योजना छनोट गरौं ।’ योजनाका लागि प्रदेश र संघीय सरकारले उपयुक्त बजेट दिनुपर्ने उहा“को माग छ ।