सात जिल्लामा सीडीओ फेरिए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रालयले संखुवासभाको सीडीओको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ भने रामेछापको सीडीओमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ । रामेछापका सीडीओ कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालयमा सरुवा गरिएको छ ।

भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगा प्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ ।

यस्तै रसुवामा अर्जुन भण्डारी, सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु सीडीओको रुपमा पठाइएको छ ।