दलित बस्तीमा खानेपानीको समस्या हट्यो

0
Shares

 

नेपाल समाचारपत्र, बैतडी
शिवनाथ गाउँपालिका ६ डाडाँकोटकामा रहेको दलित बस्तीमा रहेको खानेपानीको समस्या हटेको छ । साडा नेपालद्वारा सञ्चालित पहल कार्यक्रमले डाडाँकोटमा बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएपछी दलित बस्तीमा रहेको खानेपानीको समस्या हटेको हो ।

खानेपानीका लागी निकै समस्या रहेकोमा हाल आएर त्यो समस्या हट्दै गएको स्थानीय सुनीराम पार्कीले बताए । बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएपछी खानेपानीका साथै सिचाँई सुविधा समेत भएको उनले बताए ।

पहल कार्यक्रम र स्थानीय जनश्रमदान गरी कुल ७ लाख ५६ हजार ६८२ लागतमा उक्त योजना सम्पन्न भएको पहल कार्यक्रमका जिल्ला संयोजक लाल बहादुर महराले बताउनुभयो । उक्त योजना सम्पन्न भएपछि डाडाँकोटका २३ घरधुरी लाभान्वित भएका छन् ।

यस्तै शिवनाथको मन्सैनीमा पनि बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएपछि त्यस क्षेत्रका नागरिक पनि खानेपानीको समस्यावाट मुक्त भएका छन् ।

खानेपानीकै लागी भनेर खोलामा लाईनमा बस्नुपर्ने बाध्यता थियो, बिहानै उठेर पानीको लागी लाईनमा बस्नुपथ्र्यो उसा साउँदले बताउनुभयो हाल आएर त्यो बाध्यता हटेको छ । सुनिता पार्कीले भनिन्“ धाराको पानी घरमै आउछ , दैनिक कामकाजमा समेत सहज भएको छ ”

बहुउपयोगी पानी प्रणाली भएकाले खानेपानीभन्दा बढी भएको पानीले त्यहाका स्थानीय बासिन्दाले तराकारी खेती समेत गरिररहेका छन् । पहिला खोनपानी समेत नहुँने राजीखोलाका स्थानीय बासिन्दाले पानी प्रणाली योजना सम्पन्नपश्चात तरकारी खेती समेत गर्न पाउँदा खुसी भएका छन् । पहल कार्यक्रमले आधुनिक तरकारी खेती गर्न सिकाएको र बिउबिजन पनि सहयोग गरेको छ ।